• ट्रेण्डिङ्ग :
ज्योति लाइफको नयाँ बोनस दर सार्वजनिक

ज्योति लाइफको नयाँ बोनस दर सार्वजनिक


  • 5.2K
    SHARES
    • श्रावण १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    ज्योति लाइफको नयाँ बोनस दर सार्वजनिक

    काठमाडौं, १० साउन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले बीमा समितिबाट श्रावण ६ गते स्वीकृत भएअनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७७र७८ को बोनस दर सार्वजनिक गरेको हो ।

    images

    कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । 

    त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ५० रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको ज्योति एजी पे जीवन बीमा योजनामा प्रति हजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # ज्योति लाइफ इन्स्योरेन्स

  • तेस्रो आँखा