• ट्रेण्डिङ्ग :
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • 5.4K
    SHARES
    • श्रावण १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं, १० साउन ।  नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य घटेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

    images

    साेमबार प्रतिताेला ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । साेमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।
     
     यसैगरी, म‌ंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा काराेबार भएकाे थियो । 

  • सम्बन्धित विषय:

  • # घट्यो सुनचाँदीको मूल्य

  • तेस्रो आँखा