२४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


  • 5.8K
    SHARES
    • श्रावण १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    २४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडाैं, १४ साउन । पछिल्लो २४ घण्टामा नेपालभर थप चार सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार छ सय ९९ जनाको नमुना परीक्षण गर्दा चार सय ३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार सात सय ७९ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ९२ जनामा र एक हजार नौ सय २० जनाको एन्टजिेन परीक्षण गर्दा एक सय ४६ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ भने दुई सय ७७ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या चार हजार तीन सय ६९ रहेको छ । 

    14.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप