• ट्रेण्डिङ्ग :
सुनको मूल्य बढ्यो 

सुनको मूल्य बढ्यो 


  • 5.8K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    सुनको मूल्य बढ्यो 

    काठमाडाैं, १५ साउन । सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो ।  

    images

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २३० तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवार

  • तेस्रो आँखा
    लेखकबाट थप