• ट्रेण्डिङ्ग :
सीताराम कट्टेल ( धुर्मुस) नयाँ क्यारेक्टर सहित कमब्याक गर्दै

सीताराम कट्टेल ( धुर्मुस) नयाँ क्यारेक्टर सहित कमब्याक गर्दै


  • 7.1K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    सीताराम कट्टेल ( धुर्मुस) नयाँ क्यारेक्टर सहित कमब्याक गर्दै


    काठमाडौं, १५ साउन । चर्चित अभिनेता सीताराम कट्टेल कमब्याक’ तयारी मा रहेका छन् । उनी टेलिसिरियलमा फर्किने तयारीमा रहेको बताएको छ । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् । यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले बताए ।

    images

    केही क्यारेक्टर बनाउँदै आएको छु । हामीले तयार गरिरहेका छौं र सार्वजनिक गर्छौं उनले भने । कमर्सियल हिसाबमा फिल्म नै गर्ने कि टेलिफिल्ममा फर्कनेबारे मनस्थिति बनाउँदै गरेको उनले बताए । भक्तपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले पछि हराए जस्तै भएका अब उनी कम ब्याकको तयारीमा आएपछि उनका फ्यानहरु खुशी भएका छन् ।

    सीतारामले निर्माण गरेको फिल्म सेन्टीभाइरस सन् २०२० मा रिलिज भएको थियो । । अब भने सीताराम रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा आएका हन् ।


    तेस्रो आँखा
    लेखकबाट थप