तेस्रो आँखा डेस्क
काठमाडौं, मंसिर २३ । देशभर पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको कोरोना परिक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार ८ हजार १८ जनाको पिसिआर परीक्षण र १४३३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, आज ३२९ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार हाल नेपालमा ११ हजार ५४९ कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मन्त्रालयकाअनुसार हाल ९७ जना क्वारेन्टाइन, १२१ आइसीयू र ३० जना भेन्टिलेटरमा रहेका छन् ।
सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ ।
