२४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण


  • 5.1K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण

    काठमाडौं, १८ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा छ हजार दुई जनाको नमुना परीक्षण गर्दा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    तीन हजार ९१ जनाको पिसिआर परीक्षण गर्दा ५९० जनामा र दुई हजार ९११ जनाको एन्टीजेन परीक्षण ३२५ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ३०१ जना निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार ४३३ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप