तेस्रो आँखा डेस्क ।
काठमाडौं , २३ मंसिर । नेपालमा कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप आइपुगेको छ । बिहीबार दिउँसो ३ बजे कोभ्याक्स सुविधाअन्तगर्त १४ लाख ९७ हजार ६ सय मात्रा खोप नेपाल आइपुगेको हो ।
स्वास्थ्य सेवा विभागकाअनुसार थप १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना खोप गाभी र कोभ्याक्स सुविधाअन्तर्गत आउँदो आइतबार आउनेछ ।
एक लाख ८८ हजार मात्रा मोडर्ना खोप यसअघि नै आइसकेको विभागको व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।
यस्तै, हिजो कोभ्यास सुविधामार्फत नै कोभिशिल्ड खोप ६ लाख मात्रा आइपुगेको छ । नेपालमा हालसम्म दुई करोड ९४ लाख ५६ हजार ५ सय मात्रा खोप आइपुगेको छ । हाल देशभर ६५ लाख मात्रा कोभिशिल्ड, भेरोसेल र मोडर्ना खोप स्टक रहेको छ ।
