• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला ८०० रुपैँयाले वृद्धि

सुनको मूल्य प्रतितोला ८०० रुपैँयाले वृद्धि


  • 5.6K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    सुनको मूल्य प्रतितोला ८०० रुपैँयाले वृद्धि

    काठमाडौं, १९ साउन। नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव जारी छ। बुधबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको छ।

    images

    बुधबार ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    यस्तै महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य स्थिर छ। आज चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवार

  • तेस्रो आँखा
    लेखकबाट थप