सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने

सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने


  • 5.2K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने
    • तेस्रो आँखा डेस्क । 

    काठमाडौं, २३ मंसिर । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । 

    images

    पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै खोप लागउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । माघ २ देखि १२ सम्म दोस्रो चरणको खोप अभियान सञ्चालन हुने जनाइएको छ । 

    त्यसका लागि जिल्ला शिक्षा कार्यालय र विद्यालहरुसँग समन्वय गरेर विद्यालय र उक्न उमेर समूहका विद्यार्थी संख्याबारे तथ्यांक संकलन थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

    स्वास्थ्य सेवा विभागका अनुसार यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६ लाख ७८ हजार डोज मोर्डना खोप आइसकेको छ । 

    यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ । 

     


    तेस्रो आँखा