काठमाडौं, २१ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप छ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा चार हजार छ सय ८२ जनाको नमुना परीक्षण गर्दा छ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार नौ सय ४२ जनाको पिसिआर परीक्षण गर्दा तीन सय २६ जनामा र दुई हजार सात सय ४० जनाको एन्टीजेन परीक्षण गर्दा तीन सय ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने चार सय ४४ संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार छ सय ४१ रहेको छ ।

