काठमाडौं, २२ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार सात सय ८९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार ४० जनाको पिसिआर परीक्षण गर्दा चार सय ५१ जनामा र एक हजार सात सय ४९ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय दुई जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने चार सय ३३ जना निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार छ सय ५९ रहेको छ ।

