फिल्म छायांकन अघि नै अनमोल केसीको ‘छड्के २’ को लुक्स बाहिरियो

फिल्म छायांकन अघि नै अनमोल केसीको ‘छड्के २’ को लुक्स बाहिरियो


  • 9.7K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    फिल्म छायांकन अघि नै अनमोल केसीको ‘छड्के २’ को लुक्स बाहिरियो

    काठमाडौं, २३ साउन। अनमोल केसीको ‘छड्के २’ लुक्स सार्वजनिक भएको छ । सार्वजनिक लुक्समा अनमोल हल्का लामो खैरो कपाल र टोन बडीसहित अनमोल ह्यान्डसम देखिएका छन् । फिल्म छायांकनअघि नै अनमोलको लुक्स बाहिरिएको हो ।

    images

    तस्बिरमा निर्देशक निगम श्रेष्ठलाई पनि देख्न सकिन्छ । अनमोलले कार्यशालामा आफ्नो भिन्न चरित्रका लागि मिहेनत गरिरहेका छन् । फिल्ममा निगम श्रेष्ठको पटकथा र निर्देशन रहने छ ।

    फिल्ममा अनमोलसहित रबिन तामाङ र कमलमणी नेपाल फाइनल छन् । भदौ १ गतेदेखि फिल्म सुटिङको तयारी रहेको छ । मनाङ र चितवनमा ६० दिन फिल्म छायांकन गर्ने तालिका छ ।

    anmolkc3.jpganmol-kc1.jpg

  • सम्बन्धित विषय:

  • # अनमाेल केसी

  • तेस्रो आँखा
    लेखकबाट थप