• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


  • 6.3K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं, २३ साउन। पछिल्लो २४ घण्टामा नेपाभर थप नौ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा पाँच हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा नौ सय ३४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार आठ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा चार सय ९८ जनामा र दुई हजार चार सय ८९ जनाको एन्टीजेन परीक्षण गर्दा चार सय ३६ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने चार सय ७० जना निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार छ सय ८६ रहेको छ । 

    23.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप