• ट्रेण्डिङ्ग :
भाडाका घरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

भाडाका घरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


  • 5.3K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    भाडाका घरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

    जुम्ला २४ साउन  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एकेडेमीतर्फ ईन्टर, ब्याच्लर, मास्टर लेवलमा अध्यापना गराइरहेको छ । तर, आफ्नै भवन नहुँदा प्रतिष्ठानले ११ घर भाडाका घरबाट यी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    images

    प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले प्रध्यापक चिकित्सक बस्ने भवन, अध्ययन अध्यापन भवन, होस्टेल, आधारभुत चिकित्सा विज्ञान भवन समेत भाडामा लिनु परेको बताए । यही समस्याबारे उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको ध्यानाकर्षण पनि गराएका छन् ।

    प्रतिष्ठानलाई आवश्यक भौतिक संरचना निर्माण गर्न बजेट व्यवस्थापन गरिदिन आग्रह गरिएकाे र  सरकारको पूर्ण सहयोग आवश्कता रहेकाे उनकाे भनाइ छ ।

    स्वास्थ्य सेवा, एकडेमी र अनुसन्धानतर्फ संस्थाले आशाका किरण देखाएको छ । हाइअल्टिच्यूटका आधारमा विश्वको सबैभन्दा उच्च स्थानमा पेरुको अस्पताल छ त्यसपछि दोस्रो स्थानमा यही जुम्लाको हो ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसी प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन गर्न जुम्ला आएको बेला प्रतिष्ठानका उपकुलपति डा। रावलले यस्तो आग्रह गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसीले प्रतिष्ठानको आग्रहलाई स्वीकार गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति सकारात्मक रहेको बताए । उनले प्रतिष्ठानको वृत्ति विकासमा काम गर्ने प्रतिबद्धता जनाए ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसी, सचिवसहितको टोलीले प्रतिष्ठानको स्वास्थ्य सेवा, चिकित्सा शिक्षातर्फ अध्ययन अध्यापन विभिन्न फ्याकेल्टिको अनुगमन गरी सुझाएको रजिष्टार निर्पेन्द्र महतले बताए ।

    प्रतिष्ठानले डायलाइसिस सेवा सुरु गर्दै

    प्रतिष्ठानले चाडै नै मिर्गौला डायलाइसिस सेवा पनि सुचारु गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलाइसिस उपकरण ९मेसिन० उपलब्ध गराएपछि सेवा सुचारु हुनेछ ।

    मन्त्रालयले प्रतिष्ठानलाई ६ सेट डायलाइयसिस उपकरण उपलब्ध गराउने भएको छ ।

    चिकित्सक आउनै नमान्ने जिल्लाले चिकित्सक उत्पादन गर्दै

    कुनै समयमा चिकित्सक आउन नमान्ने जिल्ला जुम्लाले अहिले चिकित्सक उत्पादन गरिरहेको छ । जुम्लामा एमबीबीएससहितका स्वास्थ्यसम्बन्धी उच्च शैक्षिक कार्यक्रम सुरु भएपछि दुर्गम ठाउँमा धेरैको ध्यानाकर्षण भएको छ ।

    विगतमा भन्दा यस वर्ष एमबीबीएसमा थप १० कोटा थपिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आधारभूत मेडिकल विज्ञानका संयोजक प्राध्यापक डा. दिनेश बाँस्तोलाका अनुसार प्रतिष्ठानमा अघिल्लो वर्षदेखि २० जना एमबीबीएस विद्यार्थी अध्ययन गरिरहेका छन् । यसवर्ष ३० जनाको सिट स्वीकृत भएको छ । अझै विद्यार्थी भर्ना हुनेक्रम जारी छ ।

    उनका अनुसार उच्चशिक्षामा स्कुल अफ मेडिसिन, स्कुल अफ नर्सिङ रे स्कुल अफ पब्लिक हेल्थ विषयका कक्षा सञ्चालन भइरहेका छन् । स्कुल अफ मेडिसिनमा एमबीबीएस र बी फार्मेसी पढाइ भइरहेको छ ।

    नर्सिङमा मिडवाइफ स्नातक र बिएन अध्ययन भइरहेको छ । यस्तै, स्नातकोत्तरमा एमडी एनेस्थेसिया, एमडी पेड्रियाटिक्स, एमएस अर्थो र एमडीजीपी कक्षासमेत सञ्चालनमा छ ।

  • सम्बन्धित विषय:

  • # कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • तेस्रो आँखा