काठमाडौं, २४ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा छ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार नौ सय ५८ जनाको पिसिआर परीक्षणबाट पाँच सय ६० जनामा र तीन हजार तीन सय ४२ जनाको एन्टीजेन परीक्षणबाट पाँच सय ३० जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ भने चार सय ३८ जना निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार आठ सय छ रहेको छ ।

