काठमाडौं, २७ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप सात सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार सात सय १२ जनाको परीक्षणमा सात सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार दुई सय १९ जनाको पीसीआर परीक्षण गर्दा चार सय १९ जना र २ हजार चार सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय ६२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार सात सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच सय ११ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ५ हजार पाँच ससय ६५ जना होम आइसोलेसनमा रहेका छन् भने दुई सय १० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् ।
यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार दुई सय २६ पुगेको छ ।
