• ट्रेण्डिङ्ग :
प्रतिताेला पाँचसयले बढ्यो सुनचाँदीको मूल्य

प्रतिताेला पाँचसयले बढ्यो सुनचाँदीको मूल्य


  • 3.9K
    SHARES
    • श्रावण २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    प्रतिताेला पाँचसयले बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला  ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  पाँच सयले बढेको हो । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो । 
     
    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य

  • तेस्रो आँखा