२४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


  • 5.6K
    SHARES
    • श्रावण २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं, २९ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप चार सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार आठ सय २९ जनाको नमुना परीक्षण गर्दा चार सय ५५  जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार तीन सय आठ जनाको पिसिआर परीक्षण गर्दा तीन सय पाँच जनामा र दुई हजार पाँच सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय ५० जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ भने तीन सय दुई जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार चार सय ३५ रहेको छ । 

    29.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप