काठमाडौं । अभिनेता तथा नवनिर्वाचित चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको विरुद्धमा सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाई आज हुँदैछ ।
फिल्म निर्देशक नरेशकुमार पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ।
अध्यक्ष भुवन केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उनलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गिरएकाे थियाे । यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको सर्वोच्चले जनाएको छ । केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
