काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप आठ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा पाँच हजार सात सय ३७ जनाको नमुना परीक्षण गर्दा आठ सय ८८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीन हजार एक सय ५५ जनाको पिसिआर परीक्षण गर्दा चार सय २७ जनामा र दुई हजार पाँच सय ८२ जनाको एन्टीजेन परीक्षण गर्दा चार सय ६१ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने चार सय ७४ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय ८७ रहेको छ ।

