काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप आठ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा पाँच हजार छ सय १९ जनाको नमुना परीक्षण गर्दा आठ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
दुई हजार सात सय २२ जनाको पिसिआर परीक्षण गर्दा तीन सय ९९ जनामा र दुई हजार आठ सय ९७ जनाको एन्टीजेन परीक्षण गर्दा चार सय ४९ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने पाँच सय २६ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार दुई सय ५९ रहेको छ ।

