मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन


  • 7.9K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

    कलैया । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो । 

    images

    मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी  दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३  मोटरसाइकल चालकबाट रु चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट रु तीन करोड २० लाख राजस्व असूल गरिएको छ । 

    यसैगरी १५ हजार ५४० ट्याक्टरका चालकबाट रु ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट रु ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट रु ८९ लाख २० हजार दण्डजरिवाना गरी राजस्व दाखिला गरिएको कार्यालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप