• ट्रेण्डिङ्ग :
पातलो प्लाष्टिकको झोला आजदेखि चलाउन नपाइने, जबरजस्ती गरे कडा कारबाही

पातलो प्लाष्टिकको झोला आजदेखि चलाउन नपाइने, जबरजस्ती गरे कडा कारबाही


  • 5.9K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    पातलो प्लाष्टिकको झोला आजदेखि चलाउन नपाइने, जबरजस्ती गरे कडा कारबाही


    काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला बजारमा ल्याउन प्रतिबन्ध लगाएको छ ।  मापदण्ड बाहिरका प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोग गर्न आज(बुधबार) देखि  निषेध गरिदिएको हो । 

    images

    निर्णयको कार्यान्वयन भए÷नभएको बारे कडा अनुगमन हुने वातावरण विभागले जनाएको छ । २०७८ साल असोज १९ गतेको राजपत्रमा सूचना निकाल्दै सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको सूचना राजपत्रमा  समेत प्रकाशित गरिएको थियो ।

    निर्णयलाई भदौ १ गतेदेखि कडाईका साथ पालना गरिने विभागको भनाइ छ । मापदण्ड विपरितका प्लाष्टिकका वस्तुको प्रयोग वा बिक्रि गरे वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारावाही हुने जनाइएको छ ।