• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला ३०० रुपैँयाले घट्यो

सुनको मूल्य प्रतितोला ३०० रुपैँयाले घट्यो


  • 4.8K
    SHARES
    • भाद्र २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    सुनको मूल्य प्रतितोला ३०० रुपैँयाले घट्यो

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको बजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।

    images

    यसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० र तेजाबी सुनको मूल्य ९५ हजार ७०० रुपैयाँ थियो । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको थियो ।

    मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० र तेजाबी सुनको मूल्य ९६ हजार २०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको भाउ तोलामा १ हजार १९५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवार

  • तेस्रो आँखा
    लेखकबाट थप