• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप ५४२ जनामा कोरोना पुष्टि

२४ घण्टामा थप ५४२ जनामा कोरोना पुष्टि


  • 5.4K
    SHARES
    • भाद्र २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    २४ घण्टामा थप ५४२ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप पाँच सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा पाँच सय ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार ८२ जनाको पिसिआर परीक्षण गर्दा दुई सय २४ जनामा र दुई हजार आठ सय ४८ जनाको एन्टीजेन परीक्षण गर्दा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने चार सय २१ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार दुई सय ६५ रहेको छ । 

    2.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप