काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप छ सय २३ जनामा कोरोना पुष्टि भएको छ ।
जम्मा चार हजार नौ सय ४५ जनाको नमुना परीक्षण गर्दा छ सय २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार छ सय २१ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ४६ जनामा र तीन हजार तीन सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन सय ७७ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने चार सय ८७ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार २४ रहेको छ ।

