क्यानले गर्‍यो क्रिकएचक्युबीच सम्झौता, डिजिटल प्लेटफर्ममा अभुतपूर्ण फड्को !

क्यानले गर्‍यो क्रिकएचक्युबीच सम्झौता, डिजिटल प्लेटफर्ममा अभुतपूर्ण फड्को !


  • 6.3K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    क्यानले गर्‍यो क्रिकएचक्युबीच सम्झौता, डिजिटल प्लेटफर्ममा अभुतपूर्ण फड्को !

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटको डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्युसँग सम्झौता गरेको छ । क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै न्युजिल्याण्डको कम्पनी क्रिकएचक्युसँग सम्झौता गरिएको जानकारी दिएको हो ।

    images

    क्रिकएचक्यु क्रिकेटको लागि विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म  मानिन्छ । क्यानले क्रिकएचक्युसँगको साझेदारीले सबै तहका क्रिकेटका डिजिटलाइजेसन र लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।

    क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिकएचक्युसँगको साझेदारीले क्यान हर्षितरहेको र क्यानका लागि एक पूर्ण डाटाबेस विकास गर्नमा धेरै मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    क्रिकएचक्युका सीईओ इरिन वाल्सेले क्यानसँगको साझेदारीबाट  धेरै हर्षित र उत्साहित भएको बताउदै नेपाली क्रिकेटको डिजिटलाइज गर्न मद्दत गर्न तत्पर रहेको बताए । क्यानले क्रिकएचक्युसँग तीन वर्षको सम्झौता गरेको हो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # क्यान

  • तेस्रो आँखा