५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजदेखि फाइजर खोप,कुन कुन जिल्लामा लगाइँदैंछ ?

५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजदेखि फाइजर खोप,कुन कुन जिल्लामा लगाइँदैंछ ?


  • 5.6K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजदेखि फाइजर खोप,कुन कुन जिल्लामा लगाइँदैंछ ?

    काठमाडौंः  सरकारले आजदेखि ५-१२ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट  फाइजरको पहिलो मात्रा दिन लागिएको हो।

    images

    मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ। बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ।

    यसअघि २७ जिल्लाका बालबालिकालाई सरकारले फाइजर खोप दिएको थियो।

    यी ५० जिल्लाका बालबालिकाले ५ भदौदेखि पाउँछन् फाइजर खोपरु

    प्रदेश नं १
    भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर।

    मधेश प्रदेश
    बारा, रौतहट,सर्लाही

    बागमती प्रदेश
    रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक

    गण्डकी प्रदेश
    बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा, तनहुँ

    लुम्बनी प्रदेश
    कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व 

    कर्णाली प्रदेश
    पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट

    सुदूरपश्चिम प्रदेश
    अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला

  • सम्बन्धित विषय:

  • # बालबालिका
  • # फाइजर खोप

  • तेस्रो आँखा
    लेखकबाट थप