२४ घण्टामा थप २८६ जनामा कोरोना पुष्टि

२४ घण्टामा थप २८६ जनामा कोरोना पुष्टि


  • 5.0K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    २४ घण्टामा थप २८६ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप दुई सय ८६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार चार सय २३ जनाको नमुना परीक्षण गर्दा दुई सय ८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार आठ सय १६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय दुई जनामा र एक हजार छ सय सात जनाको एन्टीजेन परीक्षण गर्दा ८४ जनामा कोरोना भाइरस पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने चार सय ७९ संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या चार हजार तीन सय ४८ रहेको छ ।

    5.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप