काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप छ सय ५८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा छ हजार छ सय ४३ जनाको नमुना परीक्षण गर्दा छ सय ५८ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीन हजार तीन सय ८१ जनाको पिसिआर परीक्षण गर्दा चार सय पाँच जनामा र तीन हजार दुई सय ६२ जनाको एन्टीजेन परीक्षण गर्दा दुई सय ५३ जनामा कोरोना भाइरस देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक जनाको मृत्यु भएको छ भने चार सय ५६ संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या चार हजार दुई सय ९६ रहेको छ ।

