• ट्रेण्डिङ्ग :
आजलाई तोकिएको भुवन केसी विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा, अर्को पेशी भदौ १३ गतेलाई तोकियो

आजलाई तोकिएको भुवन केसी विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा, अर्को पेशी भदौ १३ गतेलाई तोकियो


  • 7.3K
    SHARES
    • भाद्र ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    आजलाई तोकिएको भुवन केसी विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा, अर्को पेशी भदौ १३ गतेलाई तोकियो

    काठमाडौं । आजलाई पेशी तोकिएको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्धको मुद्दालाई सर्वोच्च अदालतले हेर्न नभ्याइने सूचीमा राखेको छ । 

    images

    सोमबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको सो मुद्दाको पेशी भदौ १३ गतेलाई तोकिएको सर्वोच्च अदालतले जनाएको छ । 

    नरेशकुमार पौड्यालसहित पाँच जना अध्यक्षका अन्य दाबेदारले शैक्षिक योग्यतामाथि प्रश्न उठाएर गत साउन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए । 

    केसी विरुद्धको यो मुद्दा यसअघि दुईपटक सुनुवाई हुन नसके पनि नयाँ तोकिएको मितिमा चाहिं अदालतको आदेश आउन सक्ने बताइएको छ । गत साता पनि अदालतले अन्तरिम आदेशका लागि अंकभारसहितको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # भुवन केसी

  • तेस्रो आँखा
    लेखकबाट थप