काठमाडौं । आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले सस्तो भएको छ ।
मंगलबार छापावाल सुन ९५ हजार रुपैयाँ प्रतितोला र तेजाबी सुन ९४ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । त्यस्तै चाँदी पनि १ हजार १ सय ६० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ ।
अघिल्लो दिन छापावाल सुन ९५ हजार ३ सय, तेजाबी सुन ९४ हजार ८ सय र चाँदी १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएका थिए । उता अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २.०१ अमेरिकी डलरले बढेर १ हजार ७ सय ३७ डलर हाराहारीमा कारोबार भएको छ ।
