काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप छ सय ३४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा चार हजार नौ सय ४९ जनाको नमुना परीक्षण गर्दा छ सय ३४ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार सात सय ५७ जनाको पिसिआर परीक्षण गर्दा तीन सय ४३ जनामा र दुई हजार एक सय ९२ जनाको एन्टीजेन परीक्षण गर्दा दुई सय ९१ जनामा कोरोना भाइरस देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने चार सय १७ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या चार हजार दुई सय २१ रहेको छ ।

