• ट्रेण्डिङ्ग :
अभियान लघुवित्तको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल नियुक्त

अभियान लघुवित्तको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल नियुक्त


  • 5.3K
    SHARES
    • भाद्र ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    अभियान लघुवित्तको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल नियुक्त

    काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्न सम्झौता भएको छ । एक कार्यक्रमबीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्तका तर्फबाट रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    images

    सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिला खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य कुमारी क्यापिटलमार्फत उपलब्ध गराउनेछ ।

    अभियान लघुवित्तले ७ वटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । राष्ट्रिय स्तरको अभियान लघुवित्तले सर्वसाधारणलाई सेयर जारी गरेपश्चात चुक्ता पुँजी रु २५ करोड पुर्‍याएको छ ।