• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो


  • 4.8K
    SHARES
    • भाद्र ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो ।  

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार एक सय ७५ तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप