चौबीस घण्टामा थप ४४४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

चौबीस घण्टामा थप ४४४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु


  • 5.1K
    SHARES
    • भाद्र ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    चौबीस घण्टामा थप ४४४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप चार सय ४४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार नौ सय ५४ जनाको नमुना परीक्षण गर्दा चार सय ४४ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार नौ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ११ जनामा र दुई हजार नौ सय ५८ जनाको एन्टीजेन परीक्षण गर्दा दुई सय ३३ जनामा कोरोना भाइरस देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण तीन जनाको मृत्यु भएको छ भने तीन सय सात संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या चार हजार एक सय ९९ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप