• ट्रेण्डिङ्ग :
चाैबीस घण्टामा थप १७३ जनामा कोरोना पुष्टि

चाैबीस घण्टामा थप १७३ जनामा कोरोना पुष्टि


  • 5.5K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    चाैबीस घण्टामा थप १७३ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो चौबिस घण्टामा नेपालभर थप एक सय ७३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    images

    दुई हजार आठ सय ३९ जनाको नमुना परीक्षण गर्दा एक सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    ६ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा ६५ जनामा र दुई हजार एक सय ९६ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय आठ जनामा कोरोना भाइरस पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने तीन सय ९६ संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार छ सय १२ रहेको छ । 

    11.jpg