सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम

सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम


  • 9.0K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम

    काठमाडौं, २५ मंसिर । विदेशी खेलाडी स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग(२०७८ मा पहिलो जित निकालेको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गरेको हो । 

    मेसुके ओलोउमोउले मिलाएको पासलाई ४५ मिनेटमा समिरले सदुपयोग गर्दै बक्सभित्रबाट सहज गोल गरे । 

    बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

    पहिलो जितपछि चार खेलबाट ५ अंक बनाउँदै एनआरटी सातौं स्थानमा उक्लिएको छ । यता, अपराजित यात्रामा पूर्ण बिराम लागेको सातदोबाटो चार खेलबाट ७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत  छ । 

    पराजित भएसँगै सातदोबाटो शीर्षस्थानमा उक्लन असफल भयो । चार खेबलाट १० अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ । 

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा