• ट्रेण्डिङ्ग :
आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो

आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो


  • 4.2K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो

    काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images

    सोमबार सुनको मूल्य तोलामा तोलामा ६०० रुपैयाँले घटेको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। 

    यसअघि आइतबार भने तोलामा ७०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला ९५ हजार १०० र तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ कायम भएको छ। आइतबार पनि १५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ थियो। 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवार

  • तेस्रो आँखा
    लेखकबाट थप