काठमाडौं, २५ मंसिर । पछिल्लो २४ घण्टाको अवधिमा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ६७२ पीसीआर परीक्षण गरिएकोमा १९४ जनामा संक्रमण पुष्टि भएको हो । त्यसमध्ये ३ हजार ५०६ एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा जम्मा ९ हजार १०८ जनाको परीक्षणमा २३६ जना नयाँ संक्रमित थपिएका हुन् भने निको हुनेको संख्या ३०७ रहेको छ । यो अवधिमा एक जनाको मात्रै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८३ रहेको छ । शनिबारसम्म कुल जनसंख्याको ३७.१ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाएका छन् भने पूर्ण मात्राको खोप ३०.४ प्रतिशतले खोप लगाएका छन् ।
