• ट्रेण्डिङ्ग :
चौबीस घण्टामा थप २२६ जनामा कोरोना भाइरस पुष्टि

चौबीस घण्टामा थप २२६ जनामा कोरोना भाइरस पुष्टि


  • 5.7K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    चौबीस घण्टामा थप २२६ जनामा कोरोना भाइरस पुष्टि

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप दुई सय २६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

    images

    जम्मा चार हजार ११ जनाको नमुना परीक्षण गर्दा दुई सय २६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार पाँच सय २५ जनाको पिसिआर परीक्षण गर्दा एक सय ४५ जनामा र दुई हजार चार सय ८६ जनाको एन्टीजेन परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण देखिएको हो । 

    चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने दुई सय २३ संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार दुई सय ३५ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप