काठमाडौं । सुन आज तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल र तेजाबी सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
योसँगै आज छापावाल सुन ९४ हजार ८ सय र तेजाबी सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्यमा भने कुनै फेरबदल नभएको महासंघले उल्लेख गरेको छ।
आज चाँदीको मूल्य १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुन क्रमशः ९४ हजार ५ सय र ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
