चौबीस घण्टामा थप २७१ जनामा कोरोना पुष्टि, एकजनाको मृत्यु

चौबीस घण्टामा थप २७१ जनामा कोरोना पुष्टि, एकजनाको मृत्यु


  • 5.9K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    चौबीस घण्टामा थप २७१ जनामा कोरोना पुष्टि, एकजनाको मृत्यु

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप दुई सय ७१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा दुई सय ७१ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार चार सय ८५ जनाको पिसिआर परीक्षण गर्दा दुई सय २४ जनामा र एक हजार चार सय ३५ जनाको एन्टीजेन परीक्षणमा ४७ जनाको कोरोना भाइरस पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने एक सय ५७ संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार एक सय ९४ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप