काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप दुई सय ६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा तीन हजार पाँच सय ५७ जनाको नमुना परीक्षण गर्दा दुई सय ६९ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार सात सय ३२ जनाको पिसिआर परीक्षण गर्दा एक सय ८० जनामा र एक हजार आठ सय २५ जनाको एन्टीजेन परीक्षण गर्दा ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने दुई सय १५ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार एक सय ५८ रहेको छ ।

