काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार (सेप्टेम्बर १) मा भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको भाउ बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर अब १७८ रुपैयाँ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखेको निगमले जनाएको छ । मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने जनाएको छ ।

