काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबारका दिन आज (शुक्रवार) पनि घटेको छ। सेयर बजार परिसूचक नेप्से आज एक दशमलव ६७ अंकले घटेर एक हजार नौ सय ७० दशमलव ६३ अंकमा झरेको छ। बिहीवार एक दशमलव शून्य आठ अंकले घटेको थियो।
जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको सेयर शुक्रबार सामान्य बढेको छ । निर्जीवन बीमा र उत्पादन समूहको सेयर २० अंकभन्दा धेरैले घटेको जनाइएको छ। नेप्से घटेको दिन आज कारोबार रकम पनि घटेको तथ्यांक सार्वजनिक भएको छ। दुई सय १९ वटा कम्पनीको १८ लाख एक हजार कित्ता सेयर ६९ करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् ।
नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड चार लाख रुपैयाँको सेयर किनबेच भएको जनाइएको छ। बजार समग्रमा घटे पनि सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युत् कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको पाइएको छ।
