काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २०० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा ३ हजार ५३७ जनाको नमुना परीक्षण गर्दा २०० जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ हजार ३८१ जनाको पिसिआर परीक्षण गर्दा ९२ जनामा र २ हजार १५६ जनाको एन्टीजेन परीक्षण गर्दा १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणको कारण २ जनाको मृत्यु भएको छ भने ३३९ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ६४२ रहेको छ ।

