• ट्रेण्डिङ्ग :
‘नेपाली चलचित्रलाई विश्वसामु पुग्नेगरी विकास गरिनुपर्छ’

‘नेपाली चलचित्रलाई विश्वसामु पुग्नेगरी विकास गरिनुपर्छ’


  • 4.3K
    SHARES
    • भाद्र १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    ‘नेपाली चलचित्रलाई विश्वसामु पुग्नेगरी विकास गरिनुपर्छ’

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्नेगरी विकास गर्नुपर्ने बताएका छन् । नेपाल चलचित्र निर्माता संघको १६औँ वार्षिक साधारणसभामा उनले विदेशमा रहेका नेपालीलाई चलचित्र हेर्न सहज बनाउनुपर्ने बताए ।

    images

    मन्त्री कार्कीले निर्माता संघमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै नेपाली चलचित्र कला, संस्कृति र भूगोललाई समेटेर बनाउँदा विश्व बजारमा राम्रो स्थान पाउनसक्ने उनले विश्वास व्यक्त गरे । निर्माता र कलाकारको हकहितको सुरक्षा गर्ने तथा विश्वसामु नेपाली चलचित्रलाई चिनाउनुपर्ने मन्त्री कार्कीको भनाइ थियो ।