• ट्रेण्डिङ्ग :
नक्कली भ्याट बिल बनाउने कानुनी फन्दामा, उच्च अदालत पाटनमा मुद्दा दायर 

नक्कली भ्याट बिल बनाउने कानुनी फन्दामा, उच्च अदालत पाटनमा मुद्दा दायर 


  • 6.0K
    SHARES
    • भाद्र २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    नक्कली भ्याट बिल बनाउने कानुनी फन्दामा, उच्च अदालत पाटनमा मुद्दा दायर 

    पाटन । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

    images

    विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका ३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका ४ का राहुलकुमार जयसवालविरुद्ध  १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ । 

    विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आइतबार सार्वजनिक रुपमा जानकारी दिएको हो । विभागले मुल्य अभिवृद्धि करतर्फ  एक करोड ७१ लाख ३२ हजार एक सय ७०, आयकरतर्फ  तीन करोड ७५ लाख १९ हजार एक सय ६८ गरी रु पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ बराबरको बिगो गरेको पाइएको छ ।

    विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि  १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको सजायको माग गरेको छ ।